Section 29A
कालो सूचीमा राख्ने सम्बन्धी व्यवस्था
(१) कोषसँग कुनै ठेक्का लिएको वा कुनै पनि किसिमको ठेक्कापट्टामा हिस्सेदार भएको वा कोषले लगानी गरेको वा कोषबाट ऋण लिएको कुनै व्यक्ति वा सङ्गठित संस्थाले कोषलाई कुनै हानि नोक्सानी पु¥याएमा वा कोषलाई तिर्न बुझाउन पर्ने बाँकी नबुझाएमा त्यस्तो व्यक्ति वा संस्थालाई कोषले प्रचलित कानून बमोजिम कालो सूचीमा राख्नको लागि अधिकार प्राप्त निकायसमक्ष लेखी पठाउन सक्नेछ । (२) उपदफा (१) बमोजिम कोषबाट लेखी आएमा सम्बन्धित निकायले त्यस्तो व्यक्ति वा सङ्गठित संस्थालाई कालो सूचीमा राख्नु पर्नेछ । (३) उपदफा (२) बमोजिम कालो सूचीमा राखिएको व्यक्ति वा संस्थालाई कोषले सो कालो सूचीबाट हटेको दुई वर्षसम्म कुनै ऋण दिने, ठेक्कापट्टा दिने वा हिस्सेदार बनाउने वा कुनै किसिमको लगानी गर्ने छैन ।